एनआईसी एशियाको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस सेयर पारित

Advertisement

काठमाडौं । एन आई सी एशिया बैंकले  १० प्रतिशत बोनस शेयर र सोमालाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ ।  बैंकको २१ औं वार्षिक साधारण सभो उक्त बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हो ।

बैंकको आज सम्पन्न साधारणसभाले बोनस शेयर वितरणबाट बैंकको साविक अधिकृत पूँजी  ८ अर्ब ४ करोडलाई वृद्धि गरि ८ अर्ब ८४ करोड बनाउन, साविकको तत्काल चुक्ता पूँजी ८ अर्ब ३ करोड ११ लाख १६ हजार ९ सय ९८लाई वृद्धि गरी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६सय ९८ बनाउन स्वीकृत प्रदान गरेको छ ।

साधारण सभाले आ.व. २०७४/०७५ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७५ आषाढको वासलात र आ.व. २०७४/७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

साथै साधारण सभाले बैंकको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था र एन आई सी एशिया क्यापिटल सहितको आ.व. २०७४/७५ को एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । त्यसैगरी, सभाले चालु आ.व. २०७५/७६ को लागि टिआर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखापरिक्षकमा नियुक्त पनि गरेको छ ।

बैंकको हाल २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

Advertisement

Advertisement

Advertisement