मानिसको आवाजले चल्ने एलजीका एआईयुक्त थिङक्यू टेलिभिजनहरु नेपाली बजारमा

Advertisement

काठमाडौं । विश्वको परिचित इलेक्ट्रोनिक ब्राण्ड एलजीले विकास गरेको एआई (आर्टिफिसियल इन्टेलिजेन्स)युक्त थिङक्यू डिभाइस भएका टेलिभिजनहरु नेपालमा पनि बिक्री बितरण सुरु भएको छ ।

थिङक्यू यन्त्र भएका एलजीका टेलिभिजनहरु पिक्चरको गुणस्तर, एआई प्रस्तुति र ध्वनीमा बढी प्रतिस्पर्धी भन्दै युरोपियन इमेजिङ एण्ड साउण्ड एसोसिएसन (ईआईएसए)बाट हालै सम्मानितसमेत भएको छ । आधुनिक प्रविधियुक्त एलजीका ओएलइडी टिभी, सुपर यूएचडी टिभीहरु नेपालमा बिक्री सुरु भएको नेपालको लागि एलजीको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

एआईयुक्त थिङक्यू टिभीहरु पहिलो पटक एलजीले नेपालमा भित्राएको हो । यसमा प्रयोग हुने म्याजिक मोशन रिमोटको सहायताले सञ्चालन हुने यी टिभीहरु मानिसहरुले बोलेका आधारमा सेटिङहरु परिवर्तन हुन्छन् । यस्ता रिमोटहरुले १० मिटर टाढाबाटसमेत जुनसुकै दिशामा फर्काएर पनि टेलिभिजनको च्यानलहरु परिवर्तन गर्न सकिन्छ ।

पछिल्लो पटकको सम्मानसहित ईआईएसएले एलजीले हालसम्म सात पटक सम्मान गरिसकेको छ । नयाँ प्रविधिको विकास गर्न निकै अगाडि रहँदै आएको एलजीले नेपालमा पनि निकै ठूलो बजार हिस्सा लिँदै आएको छ ।

अल्फा ९ प्रोसेसर भएको यस टेलिभिजनमा गुगल एसिस्टेन्ट फिचर पनि समावेश गरिएको छ । यस टिभीमा जडित स्मार्ट उपकरणहरुले आवाजलाई नियन्त्रण गरी टिभी हेराईको आनन्द बढाउन सक्छ । साथै, यस्ता एआईयुक्त थिङक्यू टिभीहरु बिना सेटअफ बक्स र एन्टेना पनि च्यानलहरु हेर्न सकिन्छ । यी टेलिभिजनहरु ३२, ४३, ४९, ५५, ६५, ७५ र ८६ इन्चमा उपलब्ध रहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement