उद्योगपति गोल्याणलाई ‘विजनेश लिडरशीप एक्सलेन्स अवार्ड’

pawan-golyan

काठमाडौं । गोल्याण समूहका अध्यक्ष एवं रिलायन्स स्पिनिङ मिल्सका प्रमुख पवल गोल्याणले सन् २०१८–१९ को ‘विजनेश लिडरशील एक्सलेन्स अवार्ड’ प्राप्त गरेका छन् ।

उत्कृष्ट रोजगारदातालाई प्रदान गरिने ‘वेष्ट इम्प्वार अवार्ड’ गोल्याणले हात पारेका हुन् । राजधानीमा आयोजित कार्यक्रममा उनलाई विजनेश लिडर अफ त इयरको रुपमा अवार्ड प्रदान गरिएको हो । ह्युमन रिसोर्स (मानव संशासन) क्षेत्रमा अगुवाहरु आवद्ध वेष्ट इम्प्वार इन्ष्टिच्युशनले विभिन्न मुलुकमा विभिन्न बिधामा यस्ता अवार्डहरु प्रदान गर्ने गर्दछ ।

उद्योगपति गोल्याणलाई प्राप्त ‘विजनेश लिडरशील एक्सलेन्स अवार्ड’ १३औं हो । एनएमबी बैंकका अध्यक्षसमेत रहेका उनको रिलाइन्स मिल्स (धागो उद्योग)मा हजारौंले रोजगारी पाएका छन् ।