अर्घाखाँची, होङ्सी र शुभश्रीका सिमेन्ट गुणस्तरहीन, नसुधारे इजाजतपत्र खारेज हुने

Advertisement

काठमाडौं । नेपालका तीनवटा ओपिसी सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट गुणास्तरहीन पाइएको छ । ती सिमेन्टमा आवश्यकभन्दा बढी म्याग्नेसियम रहेको पाइएको हो ।
गुणस्तर तथा नापतौल विभागले गरेको जाँचमा होङ्सी सिमेन्ट उद्योग (नवलपरासी), अर्घाखाँची सिमेन्ट उद्योग (रुपन्देही) र शुभश्री जगदम्बा सिमेन्ट उद्योग (बारा)बाट उत्पादित हुने सिमेन्टमा म्याग्नेसियमको मात्र अधिकतम देखिएको हो ।

अधिकतम पाँच प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नापजाँचका क्रममा त्योभन्दा बढी देखिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । पाँच प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तरीय मानिँदैन।

विभागले ती सिमेन्ट उद्योगलाई कम म्याग्नेसियम भएको सिमेन्ट उत्पादन गर्न पत्राचारसमेत गरेको छ । म्याग्नेसियमको मात्रा नमिलाए ती उद्योगको इजाजतपत्र खारेज गर्ने विभागले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement