ब्याजदरको बारेमा छलफल गर्न राष्ट्र बैंकले बैंकरलाई बोलायो, फेरी सीमा तोक्ने तयारी

Advertisement

काठमाडौं । ब्याजदरमा देखिएको अस्वस्थ प्रतिष्पर्धाको विषयमा छलफल गर्न बिहीबार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई बोलाएको छ ।

‘लञ्च मिटिङ’ भनिएको बैठकमा २८ वटै बैंकका प्रमुख कार्यकारी अधिकृत र राष्ट्र बैंकका अधिकारीहरु सहभागी हुने बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।
राष्ट्र बैंकले बोलाएको बैठक भएकाले २८ वटै वाणिज्य बैंकहरुका सीईओ र राष्ट्रबैंकका अधिकारीहरु बैठकमा सहभागी हुने उनले बताए ।
उनले बैंठकमा ब्याजदरको विषयमा छलफल हुने बताए । ब्याजदरमा देखिएको अस्वस्थ प्रतिष्पर्धा रोक्न ब्याजदरको सीमा तोक्ने विषयमा पनि छलफल हुने ढुंगानाको भनाइ छ ।
ब्याजदर बढाउने बैंकका सीईओहरुलाई गत मंगलबार बालुवाटार कार्यालयमा बोलाएर राष्ट्र बैंकले ब्याजदरमा संयमता अपनाउन तथा पुनः अधिकतम् सीमा तोक्न सुझाएको थियो ।

यस अघि संघले निक्षेपमा ११ प्रतिशभन्दा बढी ब्याजदर दिन नपाइने गरी सीमा लगाएकोमा पछिल्लो समय तरलता समस्या बढेको भन्दै त्यो सीमा फुकुवा गरेको थियो । जसले गदा बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेका थिए ।
कुमारी, नविल, सेञ्चुरी, हिमालयन लगायतका बैंकले मुद्धति निक्षेपको ब्याज बढाएर १३ प्रतिशत पुर्‍याइसकेका छन् । तर अब भने संघले पुनः ब्याजदरमा सीमा लगाउने भएको छ

Advertisement

Advertisement

Advertisement