ग्लोबल आईएमई र दोहा बैंकबीच सम्झौता, मोबाइल एप्लिकेशन मार्फत नेपालमा पैसा पठाउन सकिने

Advertisement

काठमाडौं–ग्लोबल आईएमई बैंक लिमिटेड र कतार स्थित दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर. सीथारमन र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालबीच हस्ताक्षर भएको छ ।

रेमिट्यान्स कारोबारको लागि दोहा बैंकसँगको यो सम्झौता पश्चात कतारमा रहेका सम्पुर्ण नेपालीहरुले कतारको दोहा बैंकका सम्पूर्ण शाखा कार्यालय तथा अनलाइन मोबाइल एप्लिकेशन मार्फत सजिलै नेपाल पैसा पठाउन सक्नेछन र उक्त रेमिट्यान्स ग्लोबल आइएमई बैंक लि.का सम्पूर्ण शाखाहरु तथा आई. एम. ई. र जि. एम. इ. का ९ हजार भन्दा बढि एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।

दोहा बैंक, कतारमा रहेका बैंकहरु मध्यको अग्रणी स्थानमा रहेको बैंक हो । रेमिट्यान्सलाई प्राथमिकतामा राखी बिगत १० वर्षदेखि विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको अग्रणी बैंकको रुपमा रहेको छ । यस बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement