गुल्मीको रिडी बजारमा पुग्यो राष्ट्रिय वाणिज्य बैंक, देशभर २१० वटा शाखा सञ्चालन

Advertisement

गुल्मी जिल्लाको रुरु गांउपालिका वडा न. १ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय रिडी बजारको कारोबार शुभारम्भ गरिएको छ । यस सँगै बैंकको शाखा कार्यालयको संख्या २१० पुगेको छ ।

बैंकले हाल देशभर २१० वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाइमार्फत सेवा दिँदै आइरहेको छ । हाल बैंकको १ खर्व ७५ अर्ब रुपैंया निक्षेप संकलन र १ खर्व २५ अर्ब रुपैंया कर्जा लगानी रहेको छ ।

Advertisement

Advertisement

Advertisement