काठमाडौं महानगरपालिका स्मार्ट जेब्राक्रसिङ निर्माणको तयारीमा

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्मार्ट जेब्राक्रसिङ निर्माणको तयारी गरेको छ । अहिले कामपामा करिब १०० स्थानमा परम्परागत जेब्राक्रसिङ छन् ।

मानिसको आवागमनको हिसाबले उक्त संख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने अवस्थामा छन् । त्यसैले मानिसको अत्यधिक चाप हुने स्थानमा कामपाले स्मार्ट जेब्राक्रसिङ निर्माणको तयारी गरेको हो ।

कामपाका प्रवक्ता ईश्वरमान डंगोलले भने–‘यसअघि जे–जस्तो निर्माण भएको भएपनि अब निर्माण गर्ने सबै जेब्राक्रसिङ स्मार्ट नै हुन्छन् ।’ सडक विभागसँग सहकार्य गरी मासिनको आवागमन बढी हुने स्थानमा काम अघि बढाइने उनले जानाकारी दिए ।

उनकाअनुसार नयाँ निर्माण गरिने जेब्राक्रसिङ आधुनिक किसिमको हुनेछ र दुवैतर्फबाट आउने गाडी १० मिटरअघि नै आफैं रोकिने प्रविधिसहितको हुनेछ । मानिस आएपछि ट्राफिक प्रहरीले हात हल्लाएर, सिट्ठी बजाएर रोकिराख्नु पर्दैन, प्रविधिले नै रोक्छ ।

नयाँ निर्माणको कामसँगै यसअघि निर्माण भएका जेब्राक्रसिङलाई रातको समयमा पनि स्पस्टरुपमा देखिनेगरी मर्मत गरिने कामपाले जनाएको छ ।कामपाले चालू आव २०७५/७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत् गरेको थियो । जसअन्तर्गत् भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब ६ करोड बजेट विनियोजन गरिएको छ ।

सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिनेछ । कामपाभित्र करिब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपालाई ८ मिटरभन्दा कम चौडाइका सडकमात्र मर्मत–सम्भार गर्ने अधिकार छ । त्यसभन्दामाथिका सडकमा काम गर्न सडक विभागसँग सहकार्य गरेर काम गर्नुपर्दछ । कामपाभित्र ८ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् । रासस

Advertisement

Advertisement

Advertisement