सडक विस्तार पीडितहरु सडकमा (फोटो फिचर)

Advertisement

काठमाडौं । सडक विस्तार पीडितहरुले बिहीबार राजधानीको माइतीघरमा प्रदर्शन गर्दै सर्वोच्च अदालतको सम्मान गर्न र बलजफती सडक विस्तार नगर्न माग गरे ।

काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले सयौं बर्षदेखिको शहरलाई मापदण्डका नाममा भत्काउने काम नगर्न र बिना मुआब्जा सडक विस्तार गरेर निजी सम्पत्ति हडप्ने काम नगर्न उनीहरुले माग गरे ।

सरकारले सर्वोच्चको आदेश समेतलाई नमानी सडक विस्तार गरेर अदालतको मानहानी गरेको उनीहरुको भनाई थियो । अदालतकै आदेशका कारण राजधानी काठमाडौंसहित विभिन्न ठाउँको सडक विस्तारका कामहरु अलपत्र परेको छ ।

तस्विरहरुः द्धारिका काफ्ले

Advertisement

Advertisement

Advertisement