कुबोटका ९ हजारदेखि १६ हजार ५ सय रुपियाँसम्मका स्मार्टफोनहरु नेपाली बजारमा

Advertisement

काठमाडौँ । काष्ठमण्डप एशिया इन्टरनेशनल प्रालि केए आईले ६ वटा मोडलका कुबोटका स्मार्स्मार्ट फोनहरु बजारमा ल्याएको छ । यी मोडलहरुमा १ जीबी र १६ जीबी, २ जीबी र १६ जीबी, ३ जीबी र १६ जीबी तथा ३ जीबी र ३२ जीबीका मोडल रहेका छन् । कम्पनीका अनुसार बजारमा न्यूनतम ९ हजार रुपैयाँदेखि १६, हजार ५ सय रुपैयासम्ममा उपलब्ध हुनेछ ।

कुबोटका यी फोनहरुमा लेटेस्ट एन्ड्रोयड भर्सन, ५ देखि ५.५ इन्चसम्मका डिस्प्ले क्वालिटी, फिंगरप्रिन्ट, ड्यूल रियर क्यामरा जस्ता विशेषताहरु छन् । यी फोनहरु नेपाली बजारमा उपलब्ध सोहि रेन्जका अन्य स्मार्टफोनको तुलनामा उत्कृष्ट र सस्तो मूल्यमा उपलब्ध रहेको कम्पनीको दाबी छ।

कुबोट जे३ स्मार्टफोनमा ५ इन्चको डिस्प्ले, १ जीबी, १६ जीबी स्टोरेज, ८ मेगापिक्सेल रियर क्यामरा, ५ मेगापिक्सेलका साथमा २ हजार एमएएच ब्याट्री पावर रहेको छ । इन्ट्रि लेभलको स्मार्टफोनको अधिकतम बजार मूल्य ९ हजार ५०० रुपैँया तोकिएको छ । त्यसैगरि कुबोट आर११ स्मार्टफोनमा ५.५ इन्चको डिस्प्ले, २ जीबी र्याम र १६ जीबीको आन्तरिक स्टोरेज राखिएको छ । यो फोनमा १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको ड्यूल रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

कुबोटको अर्को स्मार्टफोन नोट प्लसमा ५.२ इन्चको डिस्प्ले राखिएको छ भने यसमा ३ जीबी र्याम र ३२ जीबीको स्टोरेज रहेको छ । फोटोग्राफीका लागि फोनमा १६ मेगापिक्सेलको रियर क्यामराका साथै १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको कम्पनीले जनाएको छ। फोनमा २८ सय एमएएचको ब्याट्री पावर छ, जसको बजार मूल्य १६ हजार एक सय रुपैँया तोकिएको छ ।

म्याजिक स्मार्टफोनमा ५ इन्चको डिस्प्ले राखिएको छ भने फोनमा ३ जीबी र्याम र १६ जीबी आन्तरिक स्टोरेज छ । फोनमा १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । फोनमा २६ सय एमएएचको ब्याट्री पावर भएको यो फोनको बजार मूल्य १४ हजार ८ सय २० रुपैयाँ तोकिएको छ ।

Advertisement

Advertisement

Advertisement