गज्जबको पोलिटिक्सः सम्धीको संसदीय सुनुवाई सुरु हुन लागेको बेला सम्धीविरुद्ध मुद्दा

Advertisement

काठमाडौं । प्रस्तावित प्रधानन्यायधीस चोलेन्द्र शम्शेर राणाको संसदीय सुनुवाई सुरु हुन लागेको मौका छोपेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राणकै आफ्नै सम्धी नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर तिलक रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले पूरानो विषयमा अहिले आएर मुद्दा हालेको हो । सम्धीको संसदीय सुनुवाई सुरु हुन लागेको बेला रावलविरुद्ध मुद्दा हालिनु निकै अर्थपूर्ण देखिन्छ । रावल काँग्रेसका नेता पनि हुन् । पोलिमर नोट छपाईको विषय १६ बर्ष अघिको हो । यति लामो समयसम्म अख्तियार यो विषयमा किन मौन बस्यो र अहिले मुद्दा हाल्यो ? यो सबैको लागि सोचनिय विषय बनेको छ ।

तिलक रावलका छोरा विनयले राणाकी छोरी बिहे गरेका छन् । राणालाई प्रधानन्यायाधीसमा सिफारिस गर्ने कुरामा सत्तारुढ दलभित्र पनि निकै विवाद भएको थियो । उनलाई न्यायाधीस बनाउने बेलामा तत्कालिन एमाले र एकीकृत माओवादीले उनको विपक्षमा मत जाहेर गरेका थिए । तर अहिले विकल्पहिन अवस्था आएपछि तिनै दुई दल मिलेर बनेको नेकपाको सरकारले राणालाई एकलरुपमा प्रधानन्यायाधीस बनाउन तयार भएका थिए ।

यति नै बेला उनका सम्धी रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएपछि घटनाले नयाँ मोड लिने देखिएको छ । अख्तियारले रावलसहित तीन जना विरुद्ध मुद्दा दायर गरेको हो ।

राष्‍ट्र बैंकबाट दश रुपियाँ दरका पाँच करोड थान पोलिमर नोट छपाइ गरिँदा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको र गैरकानूनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको आरोप लगाइएको छ ।

बोलपत्र पूर्व नै राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने जस्ता काम गरेको भन्दै अख्तियारले अनुसन्धानका क्रममा राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार हुने गरेको भेटिएको जनाएको छ ।

त्यस्तै छापिएका नोटका कमी कमजोरी सञ्चार माध्यममा नल्याउनका लागि मिडियाकर्मीहरुलाई थाइल्याण्ड हुँदै अष्ट्रेलिया पठाउने गरेका समेत खुलासा गरिएको छ । रावलबाहेक तत्कालिन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडे विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

Advertisement

Advertisement

Advertisement