सबै ब्राण्डका पुराना कार सँग रेनल्टको नयाँ कार एक्सचेन्ज अफर

Advertisement

काठमाडौं । नेपालमा रेनल्टको आधिकारिक बितरक एडभान्स अटोमोबाईलले रेनल्ट कारले एक्सचेन्ज क्याम्प सुरु गरेको छ ।

 रेनल्ट कार प्रेमीहरुका लागि यहि पुष ५ गतेदेखि पुष ८ गतेसम्म रेनल्टको सोरुम थापाथली र नक्साल र भक्तपुरमा रेनल्ट एक्सचेन्ज क्याम्प आरम्भ गरेको छ । रेनो एक्सचेन्ज क्याम्प सुरु, ‘‘पुरानो छोडौं ! नयाँ गुडाऔं’’ भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना भएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनल्ट नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्ने कम्पनिले जनाएको छ ।

 रेनल्टको क्विड, डस्टर र  क्याप्चर  मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, निशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, इजी फाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभ बापत आकर्षक उपहार जित्नेछन् ।

रेनल्ट एक्सचेन्जले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ ।

Advertisement

Advertisement

Advertisement