विदेश भ्रमणमा जनेलाई लक्षित गर्दै महालक्ष्मीले ल्यायो डलर कार्ड

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गका लागि चिप प्रणालीमा आधारित महालक्ष्मी डलर कार्ड सार्वजनिक गरेको छ ।

संसारको जुनसुकै ठाउँबाट कार्ड सम्बन्धी बैकिङ्ग कारोबारलाई अझ सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित महालक्ष्मी डलर कार्ड सञ्चालनमा ल्याइएको हो ।

यस कार्डको प्रगोग गरी भारत बाहेक संसारका जुनसुकै ठाउँमा यात्रा गरिरहेकायात्रीहरुले सहजै आवश्यक विदेशी मुद्रामा रकम झिकी प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकको उक्त कर्डको प्रयोगले विदेश भ्रमणका लागि तयारी गरिरहेका ग्राहकहरुलाई नेपालबाटै केही रकम साथमा बोकी जानुपर्ने, रकम चोरी हुने, आवश्यक मुद्रा सटही कार्यमा ढिलासुस्ती हुने जस्ता समस्याहरुबाट मुक्त हुने भएका छन् ।

बैंकले आगामी दिनहरुमा पनि नवीन उपकरणहरु मार्फत आफ्ना ग्राहकहरुलाई अझ प्रभावकारी बैकिङ्ग सेवा–सुविधा प्रदान गर्ने प्रतिबद्घता जनाएको छ ।

Advertisement

Advertisement

Advertisement