विकास बैंकहरुबीच पनि भद्र सहमति, निक्षेपमा अधिकतम ब्याज ९.७५ प्रतिशत

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुलाई पछ्याउँदै विकास बैंकहरुले पनि निक्षेपको ब्याजदरको माथिल्लो सीमामा भद्र सहमति गरेका छन् । बिहीबार वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरको सीमामा भद्र सहमति गरे लगत्तै शुक्रबार बसेको विकास बैंकको संघको बैठकले पनि ब्याजदरको माथिल्लो सीमा निधारणमा भद्र सहमति गरेको हो ।

आज बसेको संघको बैठकले व्याक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.७५ प्रतिशत र संस्थागत मुद्दतिमा अधिकतम ९ प्रतिशत सम्म मात्र ब्याजदर दिने भिद्र सहमति गरेको बैठकमा सहभागी एक बैंकरले बताए । बचतको ब्याज दर पनि बढिमा सात प्रतिशत मात्र हुने भएको छ ।

बैंकर्स संघले हिजो राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरहरुको प्रत्यक्ष निर्देशनमा ब्याज दरमा भद्र सहमति गरेका थिए । बाणिज्य बैंकहरुले ब्यक्तिगतमा ९.२५ प्रतिशत, बचतमा साढे ६ र संस्थागत मुद्दतिमा साढे ८ प्रतिशत ब्याज दिने सहमति गरेका थिए ।

यसरी विकास बैंकले वाणिज्य बैंकले भन्दा अधा प्रतिशत बढि ब्याज दिने सहमति गरेका छन् । यसबाट बैंकहरुबीच ब्याजदरमा प्रतिश्पर्धा गरेर निक्षेप तानातान गर्ने अभ्यास रोकिने भएको छ ।

Advertisement

Advertisement

Advertisement