पुस १५ गतेदेखि फेरी इन्टरनेटको मूल्य बढ्ने

Advertisement

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका छन् । सरकारले यस अघि आफुहरुसँग गरेको दुरसंचार सेवा शुल्क (टिएससी) सम्बन्धि सम्झौता कार्यान्वयन नभएको भन्दै सेवा प्रदायकले शुक्रबार यस्तो निर्णय गरेको हुन् ।

सरकारी निकायबाट सम्झौता कार्यान्वयन गर्ने तदारुकता नदेखिएकाले सेवा प्रदायक संस्थाको आकस्मिक बैठकले पुस १५ गतेबाट लागु हुने गरी १३ प्रतिशत अतिरिक्त दूरसञ्चार सेवा शुल्क उपभोक्ताबाट लिने निर्णय गरेको सेवा प्रदायक कम्पनीहरुले जनाएका छन् ।

सेवा प्रदायक कम्पनीको तर्फबाटसंचार तथा सूचना प्रविधिमन्त्रीको नाममा अध्यक्ष भोजराज भट्टले निवेदन लेख्दै यो जानकारी गराएका हुन् ।

निवेदनमा अतिरिक्त कर कार्यान्वयन गराउँदा सरकारप्रति नकारात्मक जनगुनासा आएको भन्दै मन्त्रीको रोहबरमा सम्पूर्ण करोकारवाला निकायसँगको सहकार्यमा समिति गठन गरी इन्टरनेटको मूल्य समायोजन गर्ने सम्झौता भएको तर यो सम्झौता कार्यान्वयन नभएको भन्दै आपत्ति जनाइएको छ ।

निवेदनमा यस अघि गरिएको सम्झौताको मर्म अनुसार सरकारी निकाइबाट कुनै पनि कामकारबाही अगाडी नबढेकोले आफुहरु बाध्य भएको जनाइएको छ । सम्झौता भएको पाँच महिना व्यतित भैसक्दा पनि नेपाल दूरसञ्चार प्राधिकरणलाई उक्त सम्झौता कार्यान्वयनका लागि पटकपटक अनुरोध गर्दासमेत कुनै निकास नआएको निवेदनमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement