नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, २२ प्रतिशत बोनस सेयर पारित

Advertisement

काठमाडौं । नागरिक लगानी कोषको २३औँ वार्षिक साधारणसभा  सम्पन्न भएको छ।  शुक्रवार आयोजित सभाबाट कोषको प्रास्तावित २२.६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्तावलाई पारित गरको छ ।

कोषले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सो मात्राको बोनस सेयर वितरण गर्न लागेको छ । आर्थिक वर्ष २०७२/७३ मा कोषको नाफा २३ करोड ७२ लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७३/७४ मा २९ करोड २४ लाख रुपैया पुगेको छ ।

९० करोड ३१ लाख रुपैयाँ रहेको काेषकाे चुक्ता पुँजी २२.६ प्रतिशत बोनसपछि एक अर्ब १० करोड रुपैयाँ नाघेकाे छ ।चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कोषको फण्ड १ खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा कोषले १ खर्ब १० अर्ब ८९ करोड रुपैयाँ लगानी गरेको बताएको छ ।

 

Advertisement

Advertisement

Advertisement