प्रेरणाले दाइजो फिर्ता माग्दै सर्वोच्चमा किन यतिबेला मुद्दा हालिन ?

Advertisement

काठमाडौं । पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले आफूले दाइजोमा पाएको सम्पत्ति सरकारीकरण गर्ने यसअघिको सर्वोच्च अदालतको फैसला विरुद्ध सर्वोच्चमै मुद्दा दर्ता गरेकी छन् ।

उनले शुक्रबार वारेसमार्फत रिट निवेदन दर्ता गराएकी हुन् । प्रेरणाले आफूले दाइजो स्वरुप पाएको सम्पत्ति आफ्नै नाममा कायम गराइ पाउँ भन्दै रिट निवेदन दर्ता गराएकी हुन् । धेरै लामो समयदेखि विवादको विषय बनेको स्वयम्भुस्थित उनी बस्ने गरेको घरजग्गा यसअघि तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको इजलासले सरकारी हुने फैसला गरेको थियो ।

प्रेरणालाई दाइजोस्वरुप दिएको भनिएको १५ रोपनी एक आना जग्गा अहिले सरकारको नियन्त्रणमा छ । तत्कालिन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणाको विवाहमा सो घर जग्गा दाइजोको रुपमा दिएका थिए । त्यसअघि यो जग्गा पूर्व राजा विरेन्द्रको नाममा भएको आधारमा सर्वोच्चले सरकारी हुने फैसला गरे पनि प्रेरणाले आफ्नो जिकिर गर्दै आएकी छन् ।

मुलुक गणतन्त्रात्मक भएपछि पूर्व राजपरिवारको नाममा रहेको धन सम्पत्ति नेपाल ट्रष्ट मातहत राख्ने निर्णय गरिएको थियो । सुशीला कार्की सहितको इजलासले सरकारीकरण गर्ने फैसला गर्नुअघि यो घर जग्गाका बारेमा पूर्वप्रधानन्यायाधीश रामकुमार शाह र न्यायाधीश चोलेन्द्रशमशेर राणाले दाइजो पाएकाले यो घर जग्गा प्रेरणाकै नाममा हुने फैसला गरेका थिए।

अहिले चोलेन्द्र पुनः प्रधानन्यायाधीसका लागि सिफारिस भएको मौका छोपेर प्रेरणाले रिट निवेदन गर्दा गर्नु अर्थपूर्ण देखिन्छ । प्रेरणाले सर्वोच्चको पछिल्लो फैसलाले आफूलाई अन्याय भएको भन्दै न्याय दिन माग गरेकी छन् ।

Advertisement

Advertisement

Advertisement