दाङमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु, थप विवरण आउन बाँकी

Advertisement

दाङ । दाङमा आज बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्री भन्ने स्थानमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । सल्यानबाट दाङ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस सडकबाट झण्डै सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

हालसम्म १० जनाको शब फेला परेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् ।

उक्त बसमा दाङ देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयका बिद्यार्थीहरु सवार थिए । विद्यार्थीहरु सल्यानको मुलपानी बनस्पति उद्यान अवलोकन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement