गण्डकी विकास बैंकको एजीएम पुस २६ मा हुने, यस्ता छन् प्रस्ताव

Advertisement

काठमाडौं । गण्डकी विकास बैंकले पुस २६ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । माउन्ट कैलाश रिसोर्ट लेकसाइड, पोखरामा हुन् लागेको एघारौँ साधारणसभा बिहान नौं  बजेबाट सुरु हुनेछ ।

सभामा बैंकले १४.२०% नगद लाभांस वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । सभा प्रयोजनका लागि बैंकले पुस ११ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्दैछ । यसकारण पुस १० गतेसम्म कायम सेयधनीले मात्र र नगद लाभांश सुरक्षित गर्नेछन् । बैंकले गत वर्षको नाफाबाट नगद वितरण गर्न लागेको हो । गण्डकीले ३९ करोड ५ लाख रुपैयाँ नगद लाभांशका लागि खर्च गर्नेछ ।

सभामा बैंकले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश गर्दैछ । साथै  बैंकमा अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गर्ने भएको छ ।

Advertisement

Advertisement

Advertisement