सवारीसाधनमा मात्रै बैंकिङ क्षेत्रको एक खर्ब ७६ अर्ब रुपियाँ कर्जा

Advertisement

काठमाडौं।  बैंक तथा फाइनान्स कम्पनीहरुले सवारीसाधनको लागि मात्रै एक खर्ब ७६ अर्ब ३२ करोड ५६ लाख २० हजार रुपियाँ कर्जा प्रवाह गरेकाछन् ।

नेपाल राष्ट्र बैंकका अनुसार २८ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी ३३ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको पछिल्लो चार महिना अर्थात् कात्तिक मसान्तसम्म सवारीसाधन शीर्षकमा उक्त अनुुपातमा कर्जा प्रवाह गरेका हुुन् । राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले २९ खर्ब ५२ अर्ब ५२ करोड ८२ लाख ५० हजार रुपियाँ निक्षेप संकलन गरी विभिन्न शीर्षकहरुमा २६ खर्ब २१ अर्ब ३२ करोड ९१ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यसरी प्रवाह भएको कर्जा रकममध्ये वाणिज्य बैंकहरुले मात्र सवारीसाधन शीर्षकमा एक खर्ब ४० अर्ब ५९ करोड ३८ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन् । राष्ट्र बैंकका अनुसार चालू आवको कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले मात्र २५ खर्ब ६६ अर्ब ९७ करोड ८८ लाख ६० हजार रुपियाँ निक्षेप संकलन गरी २२ खर्ब ८० अर्ब सात करोड ७१ लाख ४० हजार रुपियाँ कर्जा प्रवाह गरेकाछन् । क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी ३३ वटा विकास बैंकहरुले भने चालू आवको पछिल्लो चार महिनामा सवारीसाधनमा मात्र २९ अर्ब ४८ करोड ८३ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन् । यस अवधिमा विकास बैंकहरुले कुुल तीन खर्ब १९ अर्ब ५५ करोड १४ लाख १० हजार रुपियाँ निक्षेप संकलन गरी दुुई खर्ब ८८ अर्ब १६ करोड ८७ लाख ६० हजार रुपियाँ कर्जा प्रवाह गरेकाछन् ।

राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले भने यसअवधिमा सवारीसाधन शीर्षकमा छ अर्ब २४ करोड ३३ लाख ९० हजार रुपियाँ कर्जा प्रवाह गरेकाछन् । सो अवधिमा फाइनान्सहरुको कुुल निक्षेप ६५ अर्ब ९९ करोड ७९ लाख ९० हजार रुपियाँ निक्षेप संकलन गरी ६० अर्ब आठ करोड ३२ लाख ८० हजार रुपियाँ कर्जा प्रवाह गरेको छ । आजको आर्थिक दैनिकमा खबर छ।

 

Advertisement

Advertisement

Advertisement