ब्याजदर घटेसँगै सेयर बजारमा उछाल, लगानीकर्तामा उत्साह

Advertisement

काठमाडौं। बैंकिङ क्षेत्रले ब्याजदर घटाएसँगै सेयर बजारको आइतबारको कारोबारमा उछाल आएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनमा गएको साता बैंकहरुले ब्याजदर एकल अंक प्रतिशतमा कायम राख्ने भद्र सहमति गरेका थिए ।

लामो समयदेखि लगातार जसो घट्दै आएको सेयर बजार ब्याजरमा कमी आएसँगै सेयर बजार परिसुचक दिउसो सवा १२ सम्म १८ अंकले उचालिएको छ । ३३ करोड रुपियाँ कारोबार भइसकेको छ । यही अनुपातमा जाने हो भने अपरान्ह ३ बजेसम्म परिसुचक र नेप्से दोब्बर हुने देखिन्छ ।

सेयर लगातार घट्दा निराश भएका लगानीकर्तालाई आजको कारोबारले निकै उत्साहित बनाएको छ । ऋण र सापटी लिएर लगानी गरेका धेरै लगानीकर्ता बजार घट्दा निराश बन्दै आएका थिए ।

अन्य कारणले सुधार हुन नसकेको सेयर बजार ब्याजदरमा कमी आएसँगै सुधार भएको हो । अर्थ मन्त्रालयले पुँजी बजारको समस्याको प्रवृत्ति अध्ययन गर्न बनाएको समितिले प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदन कार्यान्वयन गर्न अर्थ मन्त्री युवराज खतिवडाले निर्देशन दिइसकेका छन् ।

Advertisement

Advertisement

Advertisement