कर्जा वृद्धिको जोखिम घटाउन ‘बफर क्यापिट’को व्यवस्था हुँदै, बैंक बोनस सेयर वितरण गर्न बाध्य हुने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको पुँजी वृद्धिका लगि नगद लाभांशको सट्टा बोनस सेयर वितरणलाई प्रोत्साहन गर्ने नीति ल्याउने भएको छ । बैंकहरु निक्षेपको तुलानामा कर्जा प्रवाहमा आक्रमक भइरहँदा सम्भावित जोखिमलाई न्युनिकरण गर्नका लगि भन्दै राष्ट्र बैंकले यस्तो नीति ल्याउन लागेको हो ।

अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पनि नेपाली बैंकहरु ऋण बिस्तारमा आक्रमक हुँदा जोखिम बढ्दै गएको भन्दै पूँजी बृद्धि गर्न सुझाव दिएको थियो ।

सोही अनुरुप नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको चुक्ता पूँजी बृद्धि हुने गरी ‘काउन्टर साइक्लिकल क्यापिटल बफर’ कायम गर्न लगाउने भएको हो । काउन्टर साइक्लिकल बफर कायम गर्नका लागि बैंकहरुले भावी सम्भावित जोखिम भारका लागि पुँजीकोष बढाउनुपर्ने हुन्छ । पुजीकोष बढाउन राष्ट्र बैंकले नाफाबाट नगद लाभांसभन्दा बोनस शेयर वितरण गर्न लगाउने छ ।

राष्ट्र बैंकले यस्तो व्यवस्था २०७६ असार मसान्तसम्म यो ब्यवस्था लागू गरिसक्ने जनाएको छ । अहिले बोनस शेयर वितरणका लागि ११ प्रतिशतको पूँजी कोष अनुपात कायम गर्नु पर्ने ब्यवस्था भएकोमा यसमा २ दशमलव ५ प्रतिशतको काउन्टर साइक्लिकल बफर दर जोडेर यसलाई साढे १३ प्रतिशत पुर्याउन खोजिएको छ ।

आइएमएफले पनि पुाजी कोष बढाएर साढ्र १३ प्रतिशत कायम गर्न ससुझाब दिएको थियो। अहिले अधिकांस बैंकको पूँजी कोष अनुपात १२ दखि १३ प्रतिशत रहेको छ । पुँजी कोष साढे १३ प्रतिशत कायम गर्नका लागि बैंकहरुले चुक्ता पूँजी बढाउनु पर्ने हुन्छ ।

मुद्रा कोषको सुझाबभित्र रहेर डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको मुद्रा तथा पूँजी बजारका समस्या समाधानका उपाय दिन बनेको कार्यदलले पनि पूँजी बढाउनु पर्ने सुझाव दिएको थियो । राष्ट्र बैंकले तीन बर्षअघि मात्रै वाणिज्य बैंकहरुको न्युनतम चुक्ता पूँजी २ आर्ब बाट बढाएर ८ अर्ब पुर्याएको थियो ।

Advertisement

Advertisement

Advertisement