बैंक र वित्तीय संस्थाले नयाँ प्रबिधि भित्र्याउनु पर्छ: गभर्नर नेपाल

Advertisement

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले डिजिटल प्रविधिको विकाससँगै बैङ्किङ क्षेत्रलाई सहज बनाएको बताएका छन् ।

आईतबार काठमाडौंमा आयोजित एक अन्तर्राष्ट्रिय स्तरको बैंक तथा वित्तिय संस्थाहरुको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले विश्वमा प्रयोगमा आएका नयाँ–नयाँ प्रविधिहरुको प्रयोग गर्न सक्ने जनशक्ति व्यवस्था गरेर अघि बढ्न पनि बैंक  तथा वित्तिय संस्थाहरुलाई सचेत गराए ।

उनले डिजिटल प्रविधिलाई प्रभावकारी ढङ्गबाट प्रयोग गर्न सके बैङ्किङ क्षेत्रको आर्थिक उन्नतिमा लाभ हुनसक्ने उल्लेख गरे  । साथै मानवीय अर्थतन्त्र र प्रविधि एकअर्काको परिपूरकको रुपमा रहेको उनको  भनाइ छ ।

कार्यक्रममा आयोजक बीएफआइएनका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले सन् २०३० सम्ममा विश्वका ६० प्रतिशत जनसंख्या प्रविधि परिवर्तनका कारण एउटा कामबाट अर्को काममा रुपान्तरण हुनुपर्ने आवश्यकता रहेको अध्ययनले बताएको भन्दै यसै परिप्रेक्षमा नेपाली बैंकिङ क्षेत्रले पनि त्यस्तो प्रविधि भित्र्याउनुपर्ने परिप्रेक्षमा कार्यक्रम आयोजना गरिएको बताए ।

नेपाल बैङ्कर्स एशोसियशनका प्रमुख ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले डिजिटल प्रविधिको विकाससँगै चुनौती थपिएकाले बैङ्किङ क्षेत्रलाई सहज हुन आग्रह गरे । “प्रविधिका बारेमा बैङ्किङ क्षेत्रमा काम गर्ने सबै कर्मचारीलाई ज्ञान नहुनु आजको सबैभन्दा ठूलो चुनौती हो”, उनले भने  । सो अवसरमा नेपाल तथा भारतका विभिन्न बैङ्क तथा इन्सुरेन्स कम्पनीका प्रतिनिधिले डिजिटल माध्यमबाट मानवीय क्षेत्रमा आएको सकारात्मक तथा नकारात्मक परिवर्तनका बारेमा छलफल गरेका थिए ।

Advertisement

Advertisement

Advertisement