आइएमई लाइफ इन्सुरेन्सबाट मृत्यूदावी रकम हस्तान्तरण

Advertisement

पोखरा । आइएमई लाईफ इन्सुरेन्स कम्पनीले कास्कीको अन्नपूर्ण गाउँपालिक वडा नं. ८ का हिमलाल गर्वुजाको परिवारलाई मृत्यूदावी वापतको रकम हस्तान्तरण गरेको छ ।

कम्पनीका पोखरा शाखा प्रमुख किरणराज लामिछानेले गर्वुजाका छोरा ओस्कार गर्वुजालाई मृत्यूदावी वापतको दुई लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन ।

गत बर्ष ससरधारा बचत तथा ऋण सहकारी मार्फत गर्वुजाको दुई लाख रुपैयाको जिवन बिमा गरिएको थियो । गर्वुजनाले बिमाको प्रथम शुल्क वापत दश हजार नौ सय चार रुपैया भुक्तान गरेका थिए ।

विमा गरेको एक बर्ष पछि नै गर्वुजाको मृत्यू भएपछि उनको परिवारलाई आइएमई लाइफ इन्सुरेन्स कम्पनीले मृत्यूदावी वापतको रकम हस्तान्तरण गरेको हो ।

कार्यक्रममा विमा कम्पनीका पोखरा शाखा प्रमुख किरणराज लामिछानेले अहिले विमाङ्क वापतको रकम भुक्तान गरिएको बताउँदै, लाभांस रकम पछि उपलब्ध गराईने बताए ।

आइएमई लाइफ इन्सुरेन्स पोखरा शाखाका सहायक प्रमुख कृष्ण पौडेलले गर्वुजाको निधनमा दुःख व्यक्त गर्दै, परिवारको सदस्य गुमाउनुको पिडामा मृत्यूदावी रकमले अलिकति भएपनि राहत महसुस गराउने बताए ।

कार्यक्रममा ससरधारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र गुरुङ्ग, आइएमई लाइफ इन्सुरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर विमल भण्डारी, एजेन्सी म्यानेजर बिकल शेरचन लगायतले जिवन बिमाको महत्वका विषयमा बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement