लिफ्ट मागेर गएकी किशोरीको गाडीभित्रै बलात्कार, तीन जना पक्राउ

Advertisement

रसुवा । रसुवामा एक १६ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा तीन जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–६ का १९ वर्षीय दीपक खतिवडा, विदुर नगरपालिका–४ का संजीव कुमार गुप्ता र विदुरकेै २२ वर्षीय राज कुमार श्रेष्ठ रहेका प्रहरीले जानकारी दिएको छ । उनीहरुलाइ प्रहरीले आइतबार पक्राउ गरेको हो ।

रसुवाको सदरमुकाम धुन्चेबाट टिमुरे जाँदै गरेको बा ४ ख ४३२ नम्बरको गाडीमा लिफ्ट मागेर गएकी किशोरीलाई याङयाङ खोलामा पुगेपछि गाडीभित्रै बलत्कार गरिएको थियो ।

गाडी रोकेर गाडी पछाडि सामान राखिएको ठाउँमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूलाई टिमुरेबाट पक्राउ गरेर ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रञ्जन अवाले बताए ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म बलात्कार तथा बलात्कारको प्रयासका तीनवटा घटना भएको प्रहरी तथ्याङ्क छ ।

Advertisement

Advertisement

Advertisement