फेसबुकमा प्रचण्डलाई गाली गर्ने कांग्रेस महासमिति सदस्य पक्राउ

Advertisement

चितवन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेको अभियोगमा प्रहरीले कांग्रेसका एकजना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कांग्रेसका महासमिति सदस्य तथा चितवनका वरिष्ठ होटल व्यवसायी सुबोध प्रधान रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

अध्यक्ष दाहालबारे फेसबुकमा ’नराम्रो’ स्टाटस पोष्ट गर्दा प्रधान पक्राउ परेका हुन । ’प्रचण्ड’ को मानमर्दन हुने गरी स्टाटस लेखेको उजुरीका आधारमा प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले उजुरी गर्नेको परिचय खुलाएको छैन । प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार आरोपबारे व्यवसायी सोधपुछ भइरहेको छ । प्रचण्डबारेमा लेखिएको नराम्रो फेसबुक पोस्ट आफुहरुले पनि हेरेको जनाउँदै राठौरको यसबारे अनुन्धान भइरहेको जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement