‘गिरिजाले ढुकुटी बढाइदिएकाले मनमोहनले वृद्धभत्ता बाँडे’

gagan

स्याङ्जा । कांग्रेस युवा नेता गगन थापाले गिरिजाप्रसाद कोइरालाले राज्यको ढुकुटी बढाइदिएकाले मनमोहन अधिकारीले वृद्धभत्ता बाँडन पाएको बताएका छन् । चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा उनले बहुदल आएपछि काँग्रेस सरकारले राज्यको ढुकुटी बढाइदिएकाले तत्कालिन एमालेलाई वृद्धभत्ता बाँडन बाटो खुलेको बताएका हुन् ।

थापाले बहुदल प्राप्तिसँगै १२ अर्बको राज्यको ढुकुटी तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बढाउँदै ३६ अर्ब रुपियाँ सञ्चित गरेकाले तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले वृद्धभत्तासहित ‘आफनो गाउँ आफै बनाऊँ’ सुरु गरेको गराए ।

united

नेपालको इतिहासमै सबैभन्दा बलियो केपी ओली नेतृत्वको सरकार बरालिएको भन्दै उनले यस्तो बेलामा पनि मुलुकमा रोजगारीको अवसरसहित युवाहरुलाई देश बनाउन लगाउनुपर्ने बेलामा विदेश पठाउने काम भइरहेको बताए ।

उनले सरकार अलमलमा पर्दा आर्थिक विकासले गति लिन नसकेको भन्दै भने, ‘कमजोर सरकार भएको भए बरालिँदा खासै प्रभाव पार्दैन । बलियो सरकार बरालिदा विकास निर्माणदेखि नीतिगत निर्माण काम प्रभावित हुन्छ । सरकारलाई कसैले हल्लाउन सक्दैन । प्रतिपक्षको अवरोध कतै छैन । यति राम्रो वातावरण पाउँदा पनि काम गर्न नसक्नु असक्षमता हो ।’

नेता थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गर्दा प्रतिक्रिया आउँदैनथ्यो, तर अहिले भए गरेका कुरा संसदमा उठाउँदा प्रधानमन्त्री ओली र नेकपाका नेता प्रचण्डलाई असह्रय हुन्छ भन्दै सरकारमा बस्नेहरुले सकारात्मक आलोचना सुन्न नसक्नेगरेको उदाहरण दिए ।