लाभांश दिन लागेको नेपाल टेलिकमको बुकक्लोज हुँदै

Advertisement

काठमाडौं। नेपाल दुरसञ्चार कम्पनीले गत आर्थिक वर्ष २०७४-७५ को  नाफाबाट शेयरधनीलाई  ५५ प्रतिशत नगद लाभांश गर्ने भएको छ ।

आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश पारित गर्न यहि पुस ३० गते साधारणसभा हुन् लागेको जनाएको छ।  बैठकले यसका लागि  पुस १५ गते आइतबारदेखि पुस ३० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाे छ । यसअनुसार  पुस १२ गते बिहीबारसम्म कायम रहने शेयरधनी मात्र लाभांश पाउने छन् ।

उक्त लाभांश साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीको हातमा पर्नेछ  । सभाले चालू आवको लागि लेखापरिक्षक नियुक्त गरि पारिश्रमिक निर्धारण समेत गर्नेछ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा  ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ११९ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement