आगलागीले गाउँ नै सखाप, जाडोमा पीडितहरुको बिचल्ली

Advertisement

कालिकोट । रातभरमा गाउँ नै आगोले सखाप बनाएपछि पलाँता गाँउपालिका १ खाडा गाउँका बासिन्दा शोकमा परेका छन् । गाउँ नै खरानी हुनेगरी लागेको भीषण आगोले घरगोठसँगै सारा सम्पत्ति जलेपछि उनीहरुको बिचल्ली भएको छ ।

राति सल्किएको आगोले मानवीय क्षति नभए पनि गाउँका सबै घर ध्वस्त भएका छन् । केही भने घाइते भएका छन् । जाडोको समयमा उनीहरुको बस्ने बास छैन् । खाने अन्न छैन् । कतिपयको गोठमा बाँधिएका चौपाया पनि जलेका मरेका छन् ।

गए राति करिव १० बजेबाट सुरु भएको आगलागीले ८७ भन्दा बढी घर जलेरका छन् । आगो सोमबार दिउसो मात्रै नियन्त्रणमा आएको छ । खरको छाना भएका घरहरु भएकाले यति धेरै घरहरु नष्ट भएका हुन् । यसबाट करोडौं रुपियाँको आर्थिक क्षति भएको प्रहरीको भनाई छ ।

स्थानीय नविन न्यौपानेको घरबाट सुरु भएको आगलागीले गाउँ नै सखाप पारेको हो । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीका अनुसार स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएर उद्दार तथा राहतको काम भइरहेको छ ।

गाउँका अधिकांश युवाहरु रोजगारीका लागि विदेशीको खाडा गाउँमा आगो लागेलगत्तै निभाउने न गाउँमा युवा थिए, न प्रहरी समयमा पुग्नसक्ने अवस्था थियो । घर जलेसँगै वृद्ध, महिला र बालिबालिका सबैभन्दा बढि समस्यामा परेका छन् । उनीहरुलाई प्रदेश सरकारले राहतको घोषणा गरे पनि यति ठूलो आगलागी पीडितहरुलाई केन्द्रले अहिलेसम्म चासो दिएको छैन् ।

Advertisement

Advertisement

Advertisement