नेप्सेको वृद्धि टिक्न सकेन, आज ६.४५ अंकको गिरावट

Advertisement

काठमाडौं । साताको पहिलो दन आइतबार ३२ अंकले बढेको नेप्से परिसुचकको वृद्धि सोमबार कायम रहन सकेन् । सोमबार नेप्से सुचक ६ दशमलव ४५ अंकले घटेर एक हजार १९१ दशमलव ७४ अंकमा झरेको छ ।

बैंकहरुले निक्षेपको व्याजदर घटाएको कारण र मुद्रा बजार र पुँजी बजार सुधारका लागि गठित कर्यदलका सकारात्मक सुझवहरुको कारण आइतबार उल्लेख्य रुपमा बढेको नेप्सेमा आज भने गिरावट आएको हो ।

आजको कारोबारमा जिवन बीमा, अन्य, वित्त र उत्पादन समूह बाहेकका सबै समूहका परिसुचहरु ओराले लागेका छन् । आज नेप्से घट्नुमा बैंक तथा विकास बैंक समुहका परिसुचकहरुको प्रमुख भूमिका रह्यो ।

नेप्से परिसुचकमा गिरावट आएपनि कारोबार रकम भने आजा पनि उच्च रहेको छ । यद्यपी हिजोको तुलनामा आजको करोबारमा भने केही कमि आएको छ ।

Advertisement

Advertisement

Advertisement