पौष १३ देखि  भृकुटीमण्डपमा जुत्ता चप्पल प्रदर्शनी हुँदै

Advertisement

काठमाडौँ । राष्ट्रिय औद्योगिक प्रदर्शनी यही पौष १३ गतेदेखि भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

“राष्ट्र समृद्धीको आधार, स्वदेशी उत्पादनको प्रयोग ”भन्ने मुल नाराका साथ आयोजना हुने प्रदर्शनीमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगहरु , छाला जन्य बस्तु उत्पादकहरु र यस उद्योगहरु का लागी कच्चापदार्थ उत्पादन गर्ने उत्पादक तथा बितरकहरुका जम्मा १४० वटा स्टल रहने छन् ।

देशमा छरिएर रहेका विभिन्न जुत्ता चप्पल उत्पादन गर्ने उधोगहरु तथा छाला जन्य वस्तुहरुको उत्पादन गर्ने उद्योगहरुको विकास तथा बिस्तारको लागि र अन्तरराष्ट्रिय रुपमा नै पहिचान योग्य बनाउनको लागि उक्त प्रदर्शनी आयोजना हुन लागेको आयोजकको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement