सहकारीले समेत एटीएम सेवा सञ्चालन गर्न थाले

Advertisement

काठमाडौं । यसअघि बैंकहरुले एटीएम सेवा सञ्चालन गर्दै आएकोमा सहकारीले पनि यो सेवा सुरु गर्न थालेका छन् । नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाले सोमबार एटिएम सेवाको शुभारम्भ गरेको हो ।

संस्थाको जग्गा परिसर गौशालामा राखिएको उक्त एटीएमको उद्घाटन संस्थाका अध्यक्ष शिव सिटौलाले गरे । उनले पैसा निकाल्नका लागि संस्थाका सदस्यहरुलाई पुस मसान्तसम्म निःशुल्क एटीएम कार्ड प्रदान गरिने संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेले बताए ।

संस्थाको यो एटीएम कार्डबाट नेपालभर एससीटी नेटवर्क प्रयोग गर्ने अन्य बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाका एटीएम काउन्टरबाट समेत रकम निकाल्न सकिने व्यवस्था गरिएको छ । नेपालका अतिरिक्त भारत र भुटानमा समेत चलाउन सकिने यो कार्ड सामान खरिद गर्दा समेत प्रयोग गर्न सकिन्छ ।

आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री छिटो, छरितो र प्रभाकारी सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको संस्थाले जानकारी दिएको छ । हालै संस्थाले छुट्टै हालै आफ्नो एपसमेत सार्बजनिक गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement