मोबाइल एक्सचेञ्ज मेला एकदिन बाँकी, एउटा किन्दा एउटा सित्तैमा

Advertisement

काठमाडौं । सिटीसीमल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेला अब एक दिनमात्र सञ्चालन हुनेछ ।

एउटा मोबाइलकिन्दा अर्को एउटा सित्तैंमा अफर समेत रहेको मेला पुष १० गते मंगलबार क्रिसमसको दिनसम्म चल्ने आयोजकले जनाएको छ । यसका साथै क्रिसमस डेलाई लक्षित गरेर मोबाइलहबले एउटा मोबाइलकिन्दा अनिवार्य रुपमा एउटा गिफ्ट पनि उपलब्ध गराउने छ ।

मोबाइल मेलामा ग्याजेट पारखीहरुले आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका सामाग्री किस्ताबन्दीमा किन्न पाउने आयोजकले जनाएको छ । मोबाईल एक्सचेञ्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा अफर मेलाको आकर्षण रहेकोे छ ।

नौं हजार नौं सय ९९ रुपियाँदेखि दुई लाख ३४ हजार रुपियाँसम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार रुपियाँदेखि तीन लाख १५ हजार रुपियाँसम्मका ल्यापट, आइप्याड, म्याक बुक लगायतका सामानकिन्न सकिन्छ । ‘मेलामाजस्तो सुकै पुरानो मोबाईलको पनि उचित मूल्य पाउनुका साथै साट्नुका साथै किस्ताबन्दिमा किन्न पाइने सिटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठले बताए ।

Advertisement

Advertisement

Advertisement