अष्ट्रेलियामा पनि चम्किए सन्दीप

Advertisement

काठमाडौं । अष्ट्रेलियाको बिग बास लिग खेलिरहेका नेपाली युवा बलर सन्दीप लामिछानेले आज भएको दोस्रो खेलमा पनि विकेट लिन सफल भएका छन् ।

त्यहाँको मेलवर्न स्टार्स क्लबबाट खेलिरहेका सन्दीपले होबर्ट हरीकेन्सविरुद्ध आज भएको दोस्रो खेलमा पनि चार ओभर बलिङ गर्दै २४ रन खर्चेर तीन विकेट लिन सफल भएका छन् । सन्दीपले पहिलो, तेस्रो र चौथो ओभरमा एक÷एक विकेट लिएका थिए ।

पहिलो ओभरमा एलेक्स डोलानलाई बोल्ड आउट गरेका सन्दीपले तेस्रो ओभरमा म्याथ्यु वेडको विकेट लिएका थिए । त्यसैगरी चौथो ओभरमा सन्दीपले बेन्जामिन म्याकडेरमोटको विकेट लिन सफल भएका थिए ।

सन्दीपले बिग बासको दुई खेलमा पाँच विकेट लिइसकेका छन् । यसअघि सन्दीपले डेब्यु खेलमा सिड्नी थण्डरविरुद्ध पनि दुई विकेट लिएका थिए ।

अठार वर्षे सन्दीप यसै वर्षको शुरुमा इण्डियन प्रिमियर लिगबाट टि–२० लिगमा डेब्यू गरेको सन्दिपले यही एक वर्षमा क्यारेवियन प्रिमियर लिग, ग्लोबल टि–२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, टि–१० लिग र अष्ट्रेलियाको बिग बास लिगमा आफ्नो उपस्थिति जनाइसकेका छन् ।

Advertisement

Advertisement

Advertisement