६७ किलो सडेको मासु बरामद

Advertisement

मन्थली।  रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित मासु पसलबाट बिक्रीका लागि राखिएको ६७ किलो सडेको मासु बरामद् गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापबाट खटिएको बजार अनुगमन टोलीले मन्थलीमा सञ्चालित मासु पसलको अनुगमन गर्ने क्रममा सोमबार ६७ केजी खान अयोग्य मासु भेटे पछि यो रहस्य खुलेको हो।

जिल्ला प्रशासन कार्यालयको टोलीले बजार अनुगमनका क्रममा विभिन्न मासु पसलबाट सोमबार खान अयोग्य मासु बरामद् गरेको हो । मन्थलीस्थित जुनेश मासु पसलबाट ४६ किलो सेडेको कुखुराको मासु तथा नौ किलो सडेको ससेज र  ‘न्यू फेमल मिट सप’बाट सडेको १० किलो राँगाको मासु र मन्थली मासु पसलबाट कुखुराको सडेको दुई किलो बरामद् गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईले जानकारी दिए ।

अनुगमन टोलीले सडेको मासु बिक्रीका लागि राख्ने जुनेश मासु पसल सञ्चालकलाई रु दुई हजार तथा न्यू फेमस मिट सपका सञ्चालकलाई रु पाँच हजार जरिवाना गरेको छ ।

Advertisement

Advertisement

Advertisement