सांगीतीक क्षेत्रमा बढ्यो विकृति, अवार्डको खेति गर्दै आयोजक

Advertisement

काठमाडौं। नेपाली  लोक संगीतले  नेपाली परम्परा, रहनसहन, भेषभुषालाई पहिचान दिने गर्दछन । लोक संगीत भन्ने बित्तिकै नेपाल र नेपालीको संस्कृतिलाई  चिनाउने गीतहरु भन्ने बुझिन्छ। तर पछिल्लो समयमा यस क्षेत्रमा बिभिन्न किसिमका विकृतिहरु देखा पर्न थालेका छन्।

संगीतले हरेक परिस्थितिलाई अंगालेर  घटना परिघटना, संस्कार, संस्कृति झल्काउने गर्दछ।  अहिले नेपालमा बिगतका केहि वर्षदेखि लोक गीत संगीतलाई बिगारेर  गाउनेहरु हिट हुनेको लामो लर्को लागेको छ।  अर्कोतिर विभिन्न सांगीतिक अवार्ड आयोजना गर्ने आयोजकहरु पैसामा बिक्दा सच्चा प्रतिभा भन्दा पनि पैसा खर्च गर्न सक्नेहरु सम्मानित हुने अवस्था सिर्जना भएको छ ।

यसबाट के देखिन्छ भने अहिले गीत गाउने र मोडेल हरुले मात्रै बिकृति भित्र्याएका छैनन्।  कला र गलाको सम्मान गर्ने भन्दै अवार्ड आयोजना गर्ने आयोजकहरुले पनि यस  क्षेत्रमा बिकृति ल्याउन सहयोग पुर्याएका छन् ।  पहिले-पहिले नेपाली लोक संगीत, राम्रा श्रष्टा र सिर्जनालाई बचाउन उत्कृष्ट कला भएका प्रतिभावान व्यक्तिहरुलाई सम्मान गर्नको लागी अवार्डको आयोजना गर्ने गरिन्थ्यो भने अहिले आयोजकहरुले अवार्डलाई सम्मानको खेति बनाइरहेका छन् ।

उत्कृष्ट,सर्वोत्कृष्ट, नव जस्ता विभिन्न विधाका अर्वाडहरु बेचिने गरेको पाइएको छ । यस विकृतिको बारेमा  केहि समयअघि नाम नबताउने शर्तमा चार नम्बर प्रदेशमा घर भएका एक कलाकारले यसको बारेमा भने '' एक कम्पनीले आयोजना गरेको अवार्ड को नोमिनेसनमा परेको थिएँ अवार्ड मैले नै पाउँछु भनेर पहिले नै मलाई भनिएको थियो तर पछि अर्कैले किन्ने भएपछी अवार्ड अरुलाई गैसक्यो भनेर मलाई फोन आयो'' ।

किनेर अवार्ड पाउने कलाकारहरु न त दर्शकले चिनेको हुन्छ न त नाम नै सुनेका हुन्छन् । यस्ता कलाकारहरुलाई उनिहरुको कला राम्रो भएर होइन आयोजकले मागेजति पैसा बुझाएपछि जो पनि वेस्ट अनि सर्वोत्कृष्ट हुने कुराको खुलासा भएको छ ।

 

Advertisement

Advertisement

Advertisement