च्यातिएको जिन्स लगाउने महिलालाई सजायस्वरुप बलात्कार

Advertisement

एजेन्सी । फाटेको जिन्स लगाउने फेसन अहिले संसारभरी व्याप्त छ । केटा हुन् वा केटी, फाटेको जिन्स लगाएर फेसनेबल बन्न रुचाउँछन् । तर इजिप्टका एक वकिलले च्यातिएका जिन्स लगाउने महिलाहरुलाई सजायस्वरुप बलात्कार गरिनु पर्ने अभिव्यक्ति दिएका छन् जसका कारण तीन वर्ष लामो कारावास सजाय सुनाएको छ ।

नाविह अल–वाहस नामक ती वकिललाई एक हजार एक सय ३० अमेरिकी डलर पनि जरिवाना गरिएको छ । देह व्यापारी महिलाहरु विरुदको कानुनको मस्यौदा बनाउनेबारे सरकारी टेलिभिजनमा भएको एक बहसको कार्यक्रममा उनले त्यस्तो प्रतिक्रिया जनाएका थिए । उनले सो कार्यक्रममा भनेका थिए, “के शरिरका पछाडीको भाग नाङ्गै देखाएर सडकमा हिँडिरहेकी कुनै केटी देखदा तपाईहरुलाई खुशी लाग्छ । यसरी अंग प्रदर्शन गरी महिलाहरुले पुरुषहरुलाई यौन दुर्व्यवहारगर्न आमन्त्रण गरिरहेको हुन्छन् ।”

उनका यस्ता विचारोत्तेजक अभिव्यक्ति सार्वजनिक भएपछि उनलाई कारबाही गर्न व्यापक जन दवाव परेको थियो । गत वर्ष पनि एउटा टेलिभिजन कार्यक्रममा महिलाले टाउकोमा स्कार्फ बाँध्नु नपर्ने बताएका एक धर्म अधिकारी माथि उनी निकै उग्र रुपमा प्रस्तुत भएका थिए ।

Advertisement

Advertisement

Advertisement