कैलाश तीर्थ यात्राको विकासका लागि सहयोग गर्छु– उत्तर प्रदेशका मुख्यमन्त्री योगी

काठमाडौं।  नेपाल र उत्तरप्रदेश बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी आकर्षण, पर्यटन प्रवद्र्धनमा सहकार्यका क्षेत्रहरूका सम्भाव्यता पहिल्याउन एफएनसीसीआईका १९ सदस्यीय व्यवसायिक प्रतिनिधिमण्डलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग  भारतको लखनउमा भेटवार्ता गरेका छन्  ।

भेटवार्तामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नती र भन्सार नाकामा भइरहेको ढिलाई कम गर्न आफ्नो सरकारले काम थालेको बताए ।

उनले उत्तर प्रदेश र नेपाल बीचका सीमा नाकालाई सहज र गतिशील बनाउन आफ्नो सरकारले विशेष ध्यान दिएको बताए ।
नेपाल भारत बीच हालसम्मको सा“स्कृतिक तथा सामाजिक सम्बन्धलाई अब व्यापारिक सम्बन्धमा विकास तथा विस्तार गर्नु आवश्यक रहेको उनले बताए । भारतबाट नेपाल प्रवेश गर्ने मालबाहक गाडी १० मिनेट भन्दा बढी रोकिन नहुने उनको भनाई छ ।

नेपालको विकासमा भारतको केन्द्र र उत्तर प्रदेश सरकारको सदैव साथ र सहयोग रहने बताउ“दै योगीले नेपालगञ्ज—कैलाश तीर्थ यात्राको विकासका लागि आवश्यक सहयोग गर्ने बचन समेत दिए । “नेपालगञ्ज—कैलाश मार्ग बलियो बनाउनुस, आवश्यक सहयोग गर्न हामी तयार छौं,”उनले भने । त्यस क्षेत्रको धार्मिक पर्यटनलाई टेवा पु¥याउनका लागि आवश्यक प्रवद्र्धन गर्ने बचन दिंदै योगीले आगामी सीजनको तीर्थयात्राको उद्घाटन गर्न अध्यक्ष राणाले दिएको निम्ता समेत स्वीकार गरे ।

एफएनसीसीआईका अध्यक्ष राणाले दुई मुुलुक बीच भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागत गर्दै नेपालको धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा उत्तर प्रदेशको सहयोग महत्वपूर्ण हुने बताए । “नेपालको आर्थिक समृद्धिमा भारत सदैव नजिकबाट जोडिएको छ । त्यसैले दुई मुलुक बीचमा व्यापार मात्र नभई पर्यटनका क्षेत्रमा पनि सहयोग आदान प्रदान हुन आवश्यक छ ।

नेपालले सन् २०१९ को मार्चमा आयोजना गर्ने लगानी सम्मेलनमा आउन र नेपालमा लगानी गर्न पनि राणाले आव्हान गरे । दुई मुलुक बीच पर्याप्त मात्रामा प्रशारण लाईन, क्षेत्रीय पूर्वाधार, विवाद समाधान संयन्त्र, ऊर्जा सहकार्य जस्ता क्षेत्रमा तत्कालै सहकार्य हुनु पर्नेमा पनि उनले जेड दिए ।

प्रतिनिधिमण्डलमा एफएनसीसीआईका कार्यकारिणी समिति सदस्यहरू कृष्णप्रसाद श्रेष्ठ, शंकर बहादुर बोगटी, एफएनसीसीआई प्रदेश नम्वर ५ का उपाध्यक्ष दिपककुमार पौड्याल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिनकुर्मी, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, होटल संघ नेपालका कार्यकारी सदस्य असित समशेर जबरा, एफएनसीसीआईका सहायक निर्देशक अरुणकुमार श्रेष्ठ तथा अन्य उद्योगी व्यवसायी र मिडियाकर्मीहरूको उपस्थिति रहेको थियो ।