सिप्रदीको टाटागुरु भेला सम्पन्न, गाडि विग्रीएको ४ घण्टाभित्रमा बनाइसक्ने

काठमाडौं । टाटा मोटर्स् र सिप्रदी अटोपार्टस् प्रा.लिकोे पोखरामा आयोजना गरेको टाटा गुरु कार्यक्रम सम्पन्न भएको छ ।
गा्रहकलाई फाईदा गराएर मात्र हमाीलाई फाईदा हुन सक्छ भन्ने विश्वासलाई केन्द्रविन्दुमा राखेर अघि वढेको सिप्रदीटाटा गुरुको सहयोगले कुनै पनि टाटा गाडि विग्रीएको अधिकतम ४ घण्टाभित्रमा वनाइसक्ने आगामी योजनामा टाटागुरुहरुको सहयोगको अपेक्षा रहेको र टाटागुरुलाई सक्षम वनाउन कुनै तरहको पनि सहयोग गर्न आफु तत्पर रहको कुरा सिप्रदीकम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजन वावु श्रेष्ठले बताए ।

सिप्रदी अटोपार्टसको प्रतिवद्घता अनुसार टाटा गुरुहरुलाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा गरिएको कार्यविवरण , आगामी दिनमा टाटा गुरुको क्षेत्रमा ल्याईने विबिध कार्यक्रमहरुका जानकारी गराउदै टाटाका गाडिलाई टाटा नै सहि टाटा गुरुलाई टाटा जेनयुन पार्टस नै सहि भन्दै टाटा गुरुलाई सिप्रदीअटो पार्टसको पुर्णरुपमा सहयोग रहने र गुरुवाट पनि सहयोगको अपेक्षा रहेको कुरा सिप्रदीअटो पार्टसका माहाप्रवन्धक युवराज वुढाथोकाीले बताए ।

जसमा विशेष सम्मान प्राप्त गर्नेहरुमा , इटहरीका इस्राफील अन्सारी पहिलो भएर सम्मानित हुनुभएको थियो भने क्रमस वुटवलका अशोक देवकोटा दोश्रो हुनुभएको थियो , त्यसैगरी माहाकालीका विनोद राई तेश्रो , वुटवलका राजकुमार गौतम चौथो, धनगढिका चतराज पाण्डे पाचौ र हेटौडाका गणेश वानिया छैटो हुनुभएको थियो । साथै सहभागी अन्य गुरुहरुलाई अन्य विधामा सम्मान गराीएको थियो ।
कार्यक्रममा जनकपुर देखि महेन्द्रनगर र पोखरा सम्म गरी करीब १२० भन्दा धेरै टाटा गुरुहरुको उपस्थिति रहेको थियो ।