‘छाँया सेन्टर’ सञ्चालनमा नआउँदै विवादमा, स्थानीयको विरोधपछि मन्त्री उदघाटनमा आएनन्

Advertisement

काठमाडौं । पर्यटकीय केन्द्र ठमेल बजारमा ‘छायाँ सेन्टर’ संचालनमा आएको छ । मंगलबार एक कार्यक्रमबीच कम्प्लेक्सको औपचारिक सुरुवात गरिएको हो । बैंकर्स पृथ्वीवहादुर पाण्डेले आफ्नी आमाको नामबाट स्थापना गरेको यो सेन्टर सञ्चालनमा नआउँदै विवादमा आएको छ ।

ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्वको कमलपोखरी अतिक्रमण गरी व्यापारिक कम्प्लेक्स निर्माण गरिएको भन्दै सर्वसाधारण विरोधमा उत्रिएका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सेन्टरको उद्घाटन गर्ने भनिएता पनि स्थानीय विरोधमा उत्रिएपछि उनी उदघाटन गर्न आएनन् ।

मन्त्री नआउने भएपछि एमाले सचिव योगेश भट्टराइले यसको उदघाटन गरे । उनले उदघाटन गरिरहँदा छाँया सेन्टर बाहिर स्थानीयहरु प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरिरहेका थिए ।



‘ठमेलभित्रको ठमेल’का रुपमा रहेको छायाँ सेन्टर नेपालकै सबैभन्दा अत्याधुनिक र सुविधा सम्पन्न सपिङ कम्प्लेक्स भएको दावी गरिएको छ । कम्प्लेक्समा ठमेल बजारमा पर्यटनसँग जोडिएका सबै किसिमका सेवा एकै ठाउँमा उपलब्ध हुने भएकाले यसलाई ‘मिनी ठमेल’को रुपमा प्रवद्र्धन गरिएको छायाँ सेन्टरको भनाई छ ।



पर्यटकीय व्यवसायिक गन्तव्यका रुपमा छाँया सेन्टर सञ्चालनमा ल्याइएको हो । कम्प्लेक्समा तीन वटा मल्टिप्लेक्स थिएटरका साथै विभिन्न सामग्रीका पसल, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्याक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, क्लब लगायत सुविधा पनि उपलब्ध छन् । यस्तै, बैंकका शाखा, कर्पोरेट कम्पनीका कार्यालयहरु पनि सेन्टरमा रहनेछन् ।



छाँया सेन्टरमा पाँच तारेस्तरको अलफ्ट होटल पनि आगामी मार्च महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छाँया सेन्टरले जनाएको छ । यो होटल म्यारिएटको ‘अलफ्ट ब्रान्ड’का नाममा सञ्चालनमा आउन लागेको हो । अहिले होटलको इन्टेरियर डिजाइनको काम हुँदैछ । १५ तले भवनको पाँचौंदेखि १५औं तलासम्म अलफ्ट होटल सञ्चालन हुनेछ । होटलसँगै छायाँ सेन्टरमा क्यासिनो पनि सञ्चालनमा आउने बताइएको छ ।



ठमेलमा करिब १५ रोपनी क्षेत्रफलमा बनेको यो अत्याधुनिक व्यापारिक कम्प्लेक्स सन् २०१३ बाट निमार्ण थालिएको थियो । प्राविधिक कारणले निर्माण कार्य केही लम्बिएका कारण लक्षित समयभन्दा केही ढिला गरि छायाँ सेन्टर संचालनमा आएको हो । पाँच बर्ष लगाएर निमार्ण गरिएको सेन्टरको लागत समेत पाँच अर्बमाथि पुगेको निर्माण पक्षले जनाएको छ ।



पर्यटनको राम्रो सम्भावना रहेको नेपालमा होटलसहितको नमुना सपिङ कम्प्लेक्स संचालन गर्न लागिएको छाँया सेन्टरका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले बताए । ठमेल बजारमा पाइने सबै सुविधा उपलब्ध रहेको कम्प्लेक्सले ठमेलको पर्यटनलाई मात्रै नभई समग्र नेपालको पर्यटन क्षेत्रको स्तरवृद्धि गर्न सहयोग पुर्याउने विश्वास उनको छ ।

कम्प्लेक्समा तीन सय बढी सवारी पार्क गर्न मिल्ने अन्डरग्राउन्ड बेसमेन्टमा पार्किङस्थल निमाणर््ा गरिएको छ । यो नेपालकै नमूना र व्यस्त कम्प्लेक्स हुने विश्वास गरिएको छ ।

[caption id="attachment_99940" align="alignnone" width="900"] [/caption]



















  

Advertisement

Advertisement

Advertisement