रवि ओडमाथी ठुलो बज्रपात, करेन्ट लागेर आमाको मृत्यु

Advertisement

काठमाडौं।   नेपाल आइडल २ का विजेता  रवि ओडमाथी ठुलो बज्रपात परेको छ । आइडल जितेर गृह प्रदेशमा खुशीयाली रविलाई आज मातृ शोक परेको छ ।

आज बिहान करिब ७ः३० आफ्नै घरमा पानि तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर रविकी आमा ४५ वर्षीया विष्णाको   मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

विष्णालाई  उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको परिवारजनले जनाएको छ । अहिले उनको शव अहिले सेती अञ्चल अस्पतालमा राखिएको छ ।

Advertisement

Advertisement

Advertisement