एनसीसीको करिब ८० लाख कित्ता सेयर लिलामीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

Advertisement

काठमाडौं।  नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आज (बुधबार) देखि ७९ लाख १० हजार ९९३ कित्ता सेयर लिलामीका ल्याएको छ । यस अघि बैंकले भदौमा दुई बराबर एकको अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।  त्यसबेला हकप्रदमा नबिकेको सेयर  बैंकले लिलामीमा ल्याएको हो ।

बैंकले ल्याएको लिलामी शेयर मध्ये ६५ लाख १६ हजार ७९५ कित्ता शेयर संस्थापक र १३ लाख ९४ हजार १९८ कित्ता सर्वसाधारण सेयर  रहेको छ । यस सेयरमा न्युनतम १०० रुपियाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ।

बैंकको हकप्रद सेयर  बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।  लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, र एनसीसी बैंकका विराटनगर, विरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, नारायणगढ, बनेपा, र मुख्य शाखा कार्यालय बागबजारबाट पुस २० गते शुक्रबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement