सौराहामा आजदेखि हात्ती महोत्सव सुरु हुँदै, राष्ट्रपतिले उद्घाटन गर्ने

हात्ती महोत्सव

फाइल फोटो

सौराहा । चितवनको पर्यटकिय नगरी सौराहामा पन्ध्रौँ हात्ती महोत्सव आजदेखि शुरु हुँदैछ । सौराहास्थित बाघमारा सामुदायिक वनको चौरमा महोत्सवको चहलपहल सुरु भैसकेको छ ।

उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन् गर्ने कार्यक्रम छ । महोत्सव स्थलमा अहिले बाजागाजासहितका विभिन्न झाँकीहरुको प्रदर्शनी समेत सुरु भएको छ ।

हात्तीको संरक्षण गर्ने र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक क्षेत्रीय होटल संघ चितवनले जनाएको छ । महोत्सवमा देशका बिभिन्न स्थानबाट पर्यटक सौराहा पुगेका छन् ।

अघिल्ला वर्षहरुमा जस्तै महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ताीको वनभोज, हात्ती छिटो हिँड्ने प्रतियोगिता, हात्तीको छावाको रोचक फुटबल प्रतियोगिता तथा हात्ती शृङ्गार प्रतियोगिता हुने आयोजकले बताएका छन् ।