पुष १५ गतेदेखि इन्टरनेटको शुल्क बढ्ने

Advertisement

काठमाडौं । पुष १५ गतेदेखि इन्टरनेटको शुल्क बढ्ने भएको छ । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई इन्टरनेट सेवाको शुल्क बढाउने चेतावनीसहितको ध्यानाकर्षण पत्र दिएका छन् ।

इन्टरनेट सेवा प्रदायकहरुको संस्था इन्टरनेट सर्भिस प्रोभाइडर अफ नेपाल(आइस्पान)ले संचार तथा सूचना प्रविधि मन्त्रिलाई ध्यानाकर्षण पत्र दिँदै यहि पुष १५ गतेदेखि इन्टरनेटको शुल्कमा वृद्धि गर्ने बताएको हो ।

आइस्पानले इन्टरनेटको शुल्क नबढाउने र यसअघि लाग्दै आएको दूरसंचार सेवा शुल्क मिनाहा गर्ने विषयमा मन्त्रालयसँग भएको सम्झौता पालना नभएको भन्दै पुस १५ गतेदेखि दूरसंचार सेवा शुल्क १३ प्रतिशत थप लिने चेतावनी दिएको हो ।

मन्त्रिलाई बुझाएको ध्यानाकर्षण पत्रमा नेपाल विद्युत प्राधिकरणले आफ्नो नेटवर्क प्रयोग गरे बापत इन्टरनेट सेवा प्रदायकहरुले प्रयोग गर्दै आएको विद्युतको पोलहरुमा ५ गुणा भन्दा बढी भाडा वृद्धि गरेको दाबी गरेका छन् । सो भाडा वृद्धिले आइस्पानलाई थप अन्याय र हतोत्साहित बनाएको हुँदा इन्टरनेटको थप शुल्क वद्धि गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement