भवानी राणा गम्भीर विरामी भई अस्पताल भर्ना, महासंघको बैठक पनि रोकियो

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा गम्भीर बिरामी भई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी छन् ।

सोमबार दिउसो असैह्य पेट दुखेर नर्भिकमा उपचार गरेर फर्किएपछि पुनः देखेपछि साँझ पुनः सोही अस्पतालमा भर्ना भएकी छन् । उनलाई फुड प्वाइजन भएको हो वा एपेण्डिसाइटिस भएको हो ? यकिन भइनसकेको राणालाई भेटेर फर्किएका एक व्यवसायीले बताए ।

पीडा असैह्य भएपछि चिकित्सकले उनलाई पेनकिलर दिएका छन् । राणाले बान्तासमेत गरेकी छन् । उनलाई भेट्न महासंघका पदाधिकारीलगायत अन्य थुप्रै व्यवसायीहरु नर्भिक पुगेका छन् । राणाको रगतको कल्चर रिपोर्ट आउन ७२ घण्टा लाग्ने भएकाले त्यो रिपोर्ट आएपछि मात्रै धेरै कुरा थाहा हुने चिकित्सकको भनाई उदृत गर्दै एक व्यवसायीले बताए । रिपोर्ट नआउँदासम्म उनी केही दिन अस्पताल नै बस्नुपर्ने बताइएको छ ।

राणा अकस्मात बिरामी भएपछि बुटवलमा बुधबारदेखि हुने भनिएको महासंघको कार्यकारिणी समितिको बैठक पनि स्थगित भएको छ । रामग्रामस्थित टाइगर प्यालेसमा बैठकको तयारी गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement