नेप्से घट्नेक्रम आज पनि रोकिएन, कारोबार रकम पनि न्युन

Advertisement

काठमाडौं । साताको पहिलो दिनदेखि घट्नेक्रममा रहेको नेप्से परिसूचक आज तेस्रो दिन पनि घटेको छ । आइतबार र सोमबार दोहोरो अंकले घटेको नेप्से आज भने एक दशमलव ३६ अंकले घटेर एक हजार एक सय ८५ दशमलव ९१ अंकमा झरेको छ ।

कारोबार सुरु भएको केही समयसम्म लगातार रुपमा बढेर एक हजार १ सय ९६ बिन्दुसम्म पुगेको परिसुचक त्यस पश्चात ओरालो लागेर बजार बन्द हुने बेलामा एक हाजार १ सय ८५ दशमलव ९१ बिन्दुमा झरेको हो ।

मंगलबार कारोबारको मात्रामा पनि ठूलो गिरावट आएको छ । आज एक साय ५६ कम्पनीका २२ करोड ८५ लाख मूल्यका छ लाख ८९ हजार ७२० कित्ता सेयरको कारोबार भएको छ ।

आजको कारोबारमा जिवन बीमा, निर्जीवन बीमा र लघुवित्त बहेकका सबै समूहका सुचकहरुमा गिरावट देखिएको छ ।

Advertisement

Advertisement

Advertisement