‘सन् २०१९ मै मेरो पनि स्वयम्बर हुन्छ’

Advertisement

काठमाडौं । गायिका एवं राष्ट्रिय सभाकी सांसद कोमल वलीले आफ्नो स्वयम्बर यही स्न २०१९ भित्रै खुलासा गरेकी छिन् । मंगलबार रिपोर्टर्स क्लबमा वलीले भनिन्, ‘मेरो यही सालमा स्वयम्बर हुन्छ ।’

उनले हिन्दु धर्म वैज्ञानिक रहेको बताइन् । उनले भनिन्, ‘हाम्रो हिन्दू धर्म विज्ञानभन्दा पनि अगाडि छ । हाम्रो संस्कृति, हिन्दुधर्म विज्ञानमा आधारित छ, विज्ञानभन्दा पहिले छ । हामी नेपाली हिन्दु महिलाहरु मंगलबार ब्रत बस्छौं । हिन्दु परम्पराले शरिरलाई स्वस्थ र मजबुद बनाउँछ भन्ने छ । हालै नोवेल पुरस्कार विजेताहरुले गरेको व्यापक अनुसन्धानले १५÷१५ दिनमा एकचोटी भोको बस्दा शरिरलाई फाइदा हुने विश्वलाई जानकारी दिए । तर हाम्रो देशमा त यो प्रक्रिया धेरै लामो समयदेखि चल्दै आएको कुरा हो ।’

आज टोपी दिवस परेको सुनाउँदै ओलीले आफ्नो संस्कारलाई बचाईराख्नको लागि सबैले प्रयास थाल्नुपर्ने बताइन् । उनले भनिन्, ‘हिन्दुधर्मको मान्यताअनुसार जोडिएका सम्बन्धहरु सहजै टुट्न गाह्रो हुन्छ । यज्ञ र मण्डपमा अग्निसामु हिन्दु कर्मकाण्डबाट विवाह गरिन्छ ।’

सांसद वलीले नेपाली हिन्दुहरु उदार भएकाले विश्वका संस्कृतिलाई सहजै स्वीकार गर्न सकेको बताईन । उनले भनिन्, ‘हामी नेपालीहरु उदार छौं । हाम्रो मन विशाल छ । त्यसैले क्रिसमसमा रमाउँछौं । दशैं मनाउँछौं । आज अंग्रेजी नयाँ वर्ष हो । विश्वसँग नेपालीहरु जोडिएका छन् भन्ने सन्देश त हो । तर, हाम्रो नयाँ वर्षलाई कसले मान्छ र ? अरु कसैले त मान्दैन, तर अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सीले दशैंको अवसरमा शुभकामना दिएका थिए । त्यो सकारात्मक छ ।’

त्यस्तै कार्यक्रमका सभापति तथा माइस्वयम्बर डटकमका नेपाल संयोजक मुकुन्द शर्माले नेपाली संस्कृति र पहिचान विश्वकै उत्कृष्ट तथा वैज्ञानिक भएको दाबी गरे ।

Advertisement

Advertisement

Advertisement