‘सम्हालिन्छ कहिले मन’को सुटिङ टोली केही दिनमै युके लाग्दै

Advertisement

काठमाडौँ । रामकहानीबाट दर्शकले मन पराएका नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा फेरि एक साथ पर्दामा देखिने भएका छन् ।

सुदर्शन थापाको निर्देशनमा निर्माण हुन् लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा यो जोडी एक साथ देखिने निर्देशक थापाले जनाएका छन् । चलचित्र बोर्डका अनुसार निर्माण टोलि चलचित्रको छायांकनको लागि केहिदिनमै यूके उड्नेछ । उक्त चलचित्रमा महंगो पारिश्रमिकका साथ नायक आकाश श्रेष्ठ फाईनल भईसकेका छन् । त्यस्तै केहिसमय अघिमात्र नायिका पूजा शर्माले पनि उक्त चलचित्रमा साइन गरेकी छिन् ।

उक्त चलचित्रमा पूजाको जोडीको रुपमा नव नायक सोनम तोप्देन फाइनल भैसकेका थिए भने अर्को एक नायकको खोजी भैरहेको थियो । अन्तत चलचित्रमा आकाश श्रेष्ठ नै फाइनल भएका छन् ।

Advertisement

Advertisement

Advertisement