ज्येष्ठ नागरिक र असक्त यात्रुलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट

Advertisement

काठमाडौँ । भोजपुर जिल्लाको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारीसाधनमा छुट गराएको छ । गाउँपालिकाले यातायात व्यावसायीसँग सहकार्य गरेर त्यस्ता व्यक्तिलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष अशोक राईले जानकारी दिए ।

छुटको व्यवस्था कार्यान्वयनका लागि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असक्तलाई तत्काल परिचयपत्र दिने गाउँपालिकाले जनाएको छ । साथै गाउँपालिकाले सवारी दुर्घटना न्यूनीनकरण गर्न सवारी चालक अनुमतिपत्र नबोक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारवाही गर्ने भएको छ ।

Advertisement

Advertisement

Advertisement