फरक किसिमको भुक्तानी सेवा 'सेलपे' बजारमा आउँदै, वालेटमा पैसा नहाली सोझै भुक्तानी गर्न मिल्ने

Advertisement

काठमाडौं । व्यवसायिक समूहआइएमएस समूहको भगिनी संस्था सेलकम प्रालिले ‘सेलपे’ ब्राण्डमा फरक किसिमको भुक्तानी सेवा सुरु गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकले गत साता सेलकमलाई लाइसेन्स प्रदान गरेसँगै समूहले बृहतरुपमा यस सेवालाई अघि बढाउने तयारी गरेको हो ।

राष्ट्र बैंकबाट अनुमतिपाएको छ महिनाभित्र सेवा सुरु गरिसक्नुपर्ने शर्तअनुसार सेवाशुभारम्भको तयारी गरिएको छ । विगत पाँच–छ बर्षदेखि विभिन्न बैंकसँग साझेदारी गरी नेपाल टेलिकम र एनसेलको पिनलेस टपअपको काम गर्दै आएको यस कम्पनीले राष्ट्र बैंकबाट भुक्तानी सेवाप्रदायक सञ्चालनका लागि अनुमति पाउन सफल भएको हो ।

सेलकमका प्रवन्ध निर्देशक पवन प्रधान भन्छन् – राष्ट्र बैंकबाट अनुमति प्राप्त गर्नु हाम्रो लागि ठूलो उपलब्धी र जिम्मेवारी हो । अब हामी सेवा प्रारम्भका लागि तयारीमा लागेका छौं ।

के छ फरक विशेषता ?
सेलपेबाट मोवाइल तथा वेब एप्लिकेशनमार्फत आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न सेवा तथा वस्तु खरिदको भुक्तानी गर्न र रकम स्थानान्तरण सकिन्छ । त्यसको लागि छुट्टै मोवाइल वालेटमा पैसा हाली रहनुपर्दैन ।

सेलपेले अन्तर्राष्ट्रियस्तरको पीसीआई/डीएसएस सुरक्षा प्रणाली पालना गरी सेवा सञ्चालनगर्न लागेको प्रवन्ध निर्देशक प्रधानले बताए । यसबाट गरिने हरेक भुक्तानी रियल टाइममा हुने भएकाले भुक्तानी प्राप्तगर्नेहरुलाई पनि राहत महशुस गराउने छ ।

सेलपेबाट दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल, विभिन्नपसल, रेष्टुरेन्ट, सिनेमाको टिकट, एक बैंकबाट अर्को बैंकको खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर तत्कालै गर्न सकिन्छ ।

अरु सेवामा जस्तो बैंकबाट रकम वालेटमा हालेर बल्ल रकम भुक्तानी र स्थानान्तरण गर्नुपर्ने समस्या सेलपेमा रहँदैन । यसले उपभोक्ताको समयको बचत र झन्झटबिना नै मोवाइलबाट सजिलै सेवा लिन सकिने अवस्था निर्माण हुनेछ ।

प्रधान भन्छन्– अब हामी संभव भएका हरेक क्षेत्रमा सेवा दिनेगरी तयारी गर्दैछौं । यो फरक र विशेष खालको प्रविधि भएकाले धेरैभन्दा धेरै उपभोक्ताले सेवा प्रयोग गर्ने हामीले विश्वास लिएका छौं । डिजिटलाइजेशन र क्यासलेस सोसाइटी निर्माण गर्दै वित्तीय कारोबारलाई पारदर्शी बनाउने सरकारको नीतिलाई सफलबना उन हामी हरसंभव प्रयास गर्नेछौं ।

सेलपेको अर्को फाइदा भनेको सेवाग्राहीले यो सेवामार्फत रकम भुक्तानी गर्दा वा रकम पठाउँदा वालेटमा हाल्नु नपर्ने भएकाले र आवश्यक पर्दा मात्रै तत्कालै भुक्तानी आफ्नो बैंक खाताबाटै गर्न सकिने तथा बैंकमा भएको निक्षेपको ब्याजसमेत प्राप्त भई रहनु हो । भुक्तानी प्राप्त गर्नेले पनि आफ्नो रकम रियल टाइममा प्राप्त गर्न सक्ने भएकाले हतार भएको बेला कहिले रकम आउला भनेर कुर्नुपर्ने अवस्था रहँदैन ।

हरेक व्यक्तिको दैनिकीदेखि व्यवसायिक गतिविधिहरुमा तीब्रता आइरहेको बेला सेलपे भरपर्दो र उपयुक्त सेवा हुने हामीले देखेका छौं– प्रधानले भने– मोवाइल र वेब एप्पउपयोग गरेर लिन सकिने यो सेवाअत्यन्तद्रुत, सरल, मितव्ययी र भरपर्दो सेवाहो । कम्पनीले आइओएस र एन्ड्रोइड प्रयोगकर्ता दुवैकालागिएप्पतयार गरिसकेको छ ।

करोडौं वैदैशिक मुद्रा बचत हुने
सेलपेको अर्को महत्वपूर्ण विशेषता भनेको मोवाइल तथा वेभ एप्लिकेशनमार्फत हरेक भुक्तानी गर्न सकिने र रकम पठाउन सकिने भएकाले यो सेवा डेबिट कार्डको विकल्पको रुपमा आउनलागेको हो ।

डेबिट कार्डमार्फत भुक्तानीगर्दा रकम सेटलमेण्ट हुन दुईदेखि तीनदिन लाग्छ । सेलपेबाट गर्दा रियल टाइममा नै भुक्तानी हुन्छ । साथै, डेबिट कार्डमार्फत भुक्तानी गर्दा उपभोक्ताले दुईदेखि चार प्रतिशतसम्म सेवा शुल्क बुझाउनुपर्ने हुन्छ । त्यो रकम भिसा, मास्टर कार्ड जस्ता अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायकसम्म पुग्छ । यसरी पुग्ने करोडौं रुपियाँ रकम सेलपेमार्फत बचत गर्न सकिने प्रधानले बताए ।

उनले भने– अहिले दुईदेखि चार प्रतिशत सेवा शुल्क बुझाउन बाध्य उपभोक्ताहरुलाई हामीले नगन्य शुल्कमा सेवादिने तयारी गरेका छौं । यसबाट ग्राहकको रकम पनि बचत हुन्छ भने अर्कोतर्फ कार्ड सेवा प्रदायकहरुलाई भुक्तानी हुने करोडौं रुपियाँ बचत गर्न मद्दत पुग्ने हामीले देखेका छौं ।

ims-cell-pay

Advertisement

Advertisement

Advertisement